फर्जी कागजपत्रका आधारमा कर्जा प्रवाह गरी डेढ करोड रुपैयाँ अनियमितता

0
Shares

बैंक अफ काठमाण्डूमा फर्जी कागजपत्रका आधारमा कर्जा प्रवाह गरी डेढ करोड रुपैयाँ अनियमितता भएको छ ।

सस्तो मूल्यको जग्गा धितोमा राखी महँगो जग्गा भएको भनेर कागजपत्र बनाएर कर्जा प्रवाह गरी अनियमितता गर्ने बैंकका पूर्वकर्मचारीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

बैंक ठगी गर्ने सुरेन्द्र श्रेष्ठ र भूपेन्द्र श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । सो प्रकरणमा मुछिएका बैंकका एक पूर्वकर्मचारीलाई पक्राउ गरी धितो मूल्यांकनकर्तालगायतविरुद्ध समेत ब्युरोले छानबिन थालेको छ ।

बैंकको कमलादी शाखाबाट कर्जामा अनियमितता भएको हो । ऋणीले कर्जा नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएपछि मात्र एउटा भनेर अर्काे जग्गा धितोमा राखिएको खुलेको हो । धितो मूल्यांकनकर्ता र कर्जा शाखाका कर्मचारीको मिलेमतोकै कारण बैंकमा अनियमितता भएको प्रहरी आशंका छ ।