देवः विकास बैंकसँगको विलय प्रकृयाबाट सहारा विकास बैंक बाहिरियो


राष्ट्रिय स्तरको देव विकास बैंकमा विलिन हुने निर्णयबाट सहारा विकास बैंक पछि हटेको छ । विलय हुने सम्झौता गरेको झण्डै अढाई वर्ष पछि सहाराले देवः सँग विलय नहुने भन्दै त्यसको व्यहोरा राष्ट्र बैंकलाई बुझाएको छ ।

सर्लाही जिल्लामा कार्यक्षेत्र भएको एक जिल्ले सहारा विकास बैंकले २ नम्बर प्रदेशका अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा विलयमा जाने भन्दै देवः सँगको विलय प्रकृयालाई रद्ध गरेको हो ।

यता देवः विकास बैंकले भने विलय प्रकृयाका सम्बन्धमा अहिले नै केही भन्न नसकिने प्रतिकृया दिएको छ । बैंक उच्च स्रोतले आइतबार पछि मात्र विलय प्रकृयाका सम्बन्धमा बोल्न सकिने नोटबजारलाई बतायो ।

विलय प्रकृयाबाट बाहिरिएको अवस्थामा राष्ट्र बैंकले रचनात्मक भुमिका निर्वाह गर्ने अवस्था रहन्छ । कार्वाहीको दायरामा लगेर वा समझदारीमा विलय प्रकृयाको निर्णयमा पुर्याउने वा अन्य संस्थामा जान दवाब दिने निर्णय राष्ट्र बैंकबाट आउने सम्भावना छ ।

देव विकास बैंकले २०७४ जेठ २६ गते साहारालाई आफुमा विलय गर्ने सम्झौता गरेको थियो ।

प्रकाशित मिति: २० भदौ २०७६, शुक्रबार  ११ : १८ बजे