होटल र्याडिसनमा लखनवी फुड फेस्टिवल सुरु

0
Shares

र्याडिसन होटलले शुक्रबारदेखि लखनवी फुड फेस्टिवल सुरु गरेको छ । होटलको द फन क्याफेमा हुने सो फुड फेस्टिवलको उद्घाटन नेपालका लागि भारतीय राजदुत मञ्जप्व सिंह पुरीले गर्नेछन ।

शुक्रबारदेखि सुरु भएर भदौ २९ गतेसम्म चल्ने सो फेस्टिवलमा भारतको लखनउका विभिन्न परिकारहरु उपलब्ध हुनेछन । त्यसैगरी सो फेस्टिवलमा लखनउको संस्कृती समेत प्रस्तुत गरिनेछ । नेपाली तथा विदेशी ग्राहकलाई लखनवी खानाको स्वाद महसुस गराउनका लागि सो फेस्टिवल महत्वपूर्ण रहेको होटलले जनाएको छ ।

सो फेस्टिवलको उद्घाटन शुक्रबार हुने भएपनि शनिवार देखि अधिकासं लखनवी खानाका परिकार सहितको डिनर सुरु हुने होटलले जनाएको छ । सो फेस्टिवलमा र्याडिसन होटल लखनउका सेफ साविर अलिको नेतृत्वमा तयार पारिने परिकार पनि रहने होटलले जनाएको हो । सो फेस्टिवलमा सहभागि हुने चाहने ग्राहकले प्रति व्यक्ति एक हजार ९ सय ९९ रुपैयाँ र करको रकम तिर्नु पर्नेछ ।