कनेक्ट आईपिएसका युजरहरुबिच निःशुल्क फण्ड ट्रान्सफर सुविधा

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आईपिस ई पेमेन्ट प्रणालीमा आवद्ध युजरहरुबीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ ।

सीमित अवधिका लागी सुरु गरिएको सो सुविधा अन्तर्गत कनेक्ट आईपिएस प्रणालीमा आफ्नो बैंक खाता लिंक गरी भेरीफाई गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको छ ।  यस सेवाले यसका ग्राहकहरुलाई सिधैं आफ्नो बैंक खाताबाट रियल–टाइम फण्ड ट्रान्सफरगर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५३ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न कनेक्ट आईपिएस प्रणाली संञ्चालन गरिरहेको छ ।

यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।

बैंकका ग्राहकले कनेक्ट आईपिएस प्रणालीमा आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक तथा भेरीफाई गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।