एसीजीको साधारण सभा नेपालमा, नेपालको पूँजी बजारको विकासमा टेवा पुग्ने अपेक्षा

0
Shares

एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रिय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी ग्रुप (एसीजी) को २३ औं वार्षिक साधारण सभा काठमाडौंमा शुरू भएको छ ।

नेपालमै पहिलो पटक हुन लागको साधारण सभाले नेपालको पूँजी बजारको विकासमा टेवा पुग्ने र विभिन्न संघ संस्थाहरुसंगको अनुभव, प्रविधिक सहायता तथा परामर्श प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

लगानीकर्ताको सेवा प्रवाहलाई प्रमुख मुद्दाको रूपमा राखिएको यस समारोहमा एसिया प्रशान्त क्षेत्रमा रहेका विभिन्न ३५ वटा सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

जहाँ केन्द्रीय निक्षेप सेवा प्रदायकहरूले लगानीकर्तालाई प्रदान गरिरहेका सेवा तथा सो का चुनौतीहरूको विषयमा जानकारी गराउने छन । त्यस्तै, विश्व पूँजी बजारको मञ्चमा केन्द्रीय निक्षेप सेवा प्रदायकहरूको वर्तमान अवस्थाका बारेमा अन्तर्रा्ष्ट्रिय स्तरमा ख्याति प्राप्त विशिष्ट व्यक्तित्वहरू बाट चर्चा गरिने आयोजकले जनाएको छ।

साथै अन्तर्रा्ष्ट्रिय जगतलाइ नेपालमा बैदेशिक लगानीको अवसरका बारेमा थप जानकारी प्रदान गर्न सकिने सिडिएससीको विश्वास छ । सभाले बर्तमान अध्यक्षको कार्यकाल यसैवर्ष सकिने भएकोले नयाँ नेतृत्वको लागि पनि निर्वाचन गर्ने छ ।

नेपालमा आयोजना गरिएको यो कार्यक्रमले आगामी दिनहरूमा नेपालको पूँजी बजारको विकाशमा अझ उल्लेखनीय भूमिका निर्वाह गर्न विभिन्न संघ-संस्थाहरू सँगको अनुभव, प्राविधिक सहायता तथा परामर्श प्राप्त गर्न सहज हुने साथै अन्तर्रा्ष्ट्रिय जगतमा नेपालमा वैदेशिक लगानीको अवसरका बारेमा थप जानकारी प्रदान गर्न सकिने विश्वास लिइएको छ।