विप्रेषणको सदुपयोग गर्न प्रभु बैंक र यु.के.एडको सक्षमबीच सहकार्य

0
Shares

प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षमबीच वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्न वित्तीय पहुँच पु¥याउने परियोजना संचालनको लागि सम्झौता गरेको छ ।

भाद्र २५ गते काठमाण्डौमा एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका तर्पmबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो ।

उक्त परियोजनाको मुख्य उद्देश्य भनेको दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पु¥याउनु रहेको छ ।

सो क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यो सम्झौताले आप्रवासमा रहेका व्यक्ति र तिनका परिवारको वित्तीय आवश्यकता पुरा गर्न उद्देश्यमुलक बचतका साथै अतिरिक्त वित्तीय सेवाहरु (जस्तै क्रेडिट, विमा) र गैर वित्तीय सेवाहरु जस्तै वित्तीय शिक्षा र व्यवसाय विस्तार गर्न सम्पत्ति वृद्धि गर्ने प्याकेजको विकास गरी लक्षत वर्गलाई प्रदान गर्न सहयोग मिल्ने कुरा व्यक्त गरे ।

सक्षम, वित्तीय पहुँच नेपाल सरकार र यु.के सरकारको सम्झौता अनुरुप यु.के.एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । यो कार्यक्रम लुईस बर्जरले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसंगको सहकार्यमा डि.एफ.आई.डि. को लागि संचालन गरेको कार्यक्रम हो ।

प्रभु बैंकले देशको सबै भौगोलिक क्षेत्रहरुलाई समेट्ने गरी विभिन्न स्थानहरुमा १९४ वटा शाखाहरु, २९ वटा विस्तारित काउन्टरहरु र १५२ वटा ए.टि.एम हरुको माध्यमद्वारा १० लाख भन्दा बढी व्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरी रहेको छ ।