शेयर बजारमा वाणिज्य बैंकहरुको हिस्सा ५५ प्रतिशत, पूँजीकरणमा नबिल अगाडि कृषि विकासको धेरै शेयर

0
Shares

सुरेन्द्र थापा।

धितोपत्रको दोस्रो बजारमा २७ बाणिज्य बैंकको बजार पूँजीकरण ८ खर्ब १० अर्ब रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बिहीबारको कुल बजार पूँजीकरणको आधारमा वाणिज्य बैंकहरुको हिस्सा ५५.१५ प्रतिशत रहेको छ ।

बिहीबार नेप्सेको कुल बजार पूँजीकरण १४ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो मध्ये ८ खर्ब १० अर्ब ९२ करोड रुपैयाँ २७ बाणिज्य बैंकको बजार पूँजीकरण हो ।यसले धितोपत्रको दोस्रो बजारमा बैंकिङ क्षत्रेको दवदवा रहेको देखाउँछ ।

शेयर बजारमा बैंकिङ क्षेत्रका हिस्सा धेरै भएपनि एक हजार रुपैयाँ भन्दा धेरै शेयर मूल्य कुनै पनि बैंकको छैन । कुनै समय प्रति कित्ता ९ हजार भन्दा माथि पुगेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य पनि अहिले ५८८ रुपैयाँमा सिमित भएको छ।

यो अवधिमा सबैभन्दा धेरै शेयर मूल्य भएको बाणिज्य बैंकमा नबिल बैंक छ । जसको शेयर मूल्य प्रतिकित्ता ७७० रुपैयाँ छ । सबैभन्दा कम सिभिल बैंकको प्रतिकित्ता १४४ रुपैयाँ रहेको छ ।

पछिल्ला दिनहरुमा बाणिज्य बैंकको शेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ देखि अधिकतम ७७० रुपैयाँ रहेको छ । अmझै भन्ने हो भने अधिकासं बाणिज्य बैंकको शेयर मूल्य २ सय देखि ३ सय रुपैयाँको विचमा रहेको छ ।

शेयर बजार बाणिज्य बैंकहरुको शेयरको अधिक आपुर्तिका कारण शेयर मूल्य घटेको हो । त्यसका साथै पछिल्ला केही वर्षदेखि घट्दो क्रममा रहेको शेयर बजारले बाणिज्य बैंकहरुको शेयर मूल्य झनै तल झर्न मद्दत गरेको हो ।

नेपाल राष्ट्र बैंकको पूँजी वृद्धिको नीतिले शेयर बजारमा बैंक वित्तीय संस्थाको शेयर आपुर्ति झनै वढाएको छ । यस हिसावले पनि नेप्सेका धेरै कारोबार हुने शेयर पनि बैंक वित्तीय संस्था कै रहने गरेको छ। । बाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब हुँदा करिब ४६ प्रतिशतमा सिमित रहेको बैंकिङ समुहले अहिले ५५ प्रतिशत भन्दा धेरै हिस्सा ओगटेको छ ।

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकको चुक्ता पुँजी वृद्धि गरेर ८ अर्ब पुर्याएसंगै शेयर बजारमा यो क्षेत्रको हिस्सा वढेको हो । बैंकको चूक्ता पुँजी संगै विकास बैंक र फाइनन्स कम्पनीको पनि पुँजी ४ गुणासम्म वढेको छ । सो संगै सेयर बजारमा उत्पादन मुलक तथा जलविद्युत क्षेत्रका नयाँ कम्पनी थपिने क्रम पनि उत्तिकै छ । जस्ले गर्दा बैंकहरुको ४ गुणाँ चुक्ता पूँजी वढ्दा पनि धितोपत्र बजार बैंकिङ क्षेत्रको हिस्सा १० प्रतिशतले मात्र वढेको हो।

नेप्सेमा सुचिकृत २७ बाणिज्य बैंक मध्ये सबैभन्दा धेरै सरकारी लगानी रहेको कृषि विकास बैंकको १४ करोड ४४ लाख ८२ हजार ४ सय १० कित्ता शेयर सुचिकरण छ । तर, दोस्रो बजारको मूल्य धेरै भएको हुनाले नबिल बैंकको बजार पूँजीकरण सबैभन्दा धेरै ६९ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । पूँजीकरण गणना गर्दा दोस्रो बजारको शेयर मूल्यले कुल शेयर संख्यालाइ गुणन गरेपछि आउछ ।