‘सनराइज फस्ट म्युचुअल फन्ड’ को १० करोड इकाई असोज ८ देखि खुल्ने

0
Shares

सनराइज क्यापिटलले असोज ८ गतेदेखि ‘सनराइज फस्ट म्युचुअल फन्ड’ को १० करोड इकाई (युनिट) बिक्री खुला गर्ने भएको छ ।

फन्डले कुल निष्काशन गर्न लागेको १० करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने सनराइज क्यापिटलले जनाएको छ ।

असोज ८ देखि बिक्री खुला हुने ‘सनराइज फस्ट म्युचुअल फन्ड मा असोज १२ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ७ गतेसम्म आवेदन खुला रहनेछ ।

जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । प्रतिइकाईको मूल्य १० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरी काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।लयसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।

फन्डको व्यवस्थापक सनराइज क्यापिटल रहेको छ । सनराइज क्यापिलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुल फण्ड हो ।