कृषि कर्जा प्रबद्र्धनका लागि सानिमा बैंक र यु.के.एडको सक्षम बीच सम्झौता

0
Shares

सानिमा बैंक र यु.के.एड—सक्षमबीच कृषि कर्जा प्रबद्र्धन गर्नको लागि भदौ ३० गते सोमबार एक सम्झौता भएको छ ।

सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे ।

यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने हुनेछ ।

यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षम संगको सहकार्यमा परिचालन गरिनेछ ।

यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो जुन नेपाल सरकार र यु.के. सरकारको सम्झौता अनुरुप यु.के. एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो ।

सानिमा बैंकका सातवटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् ।