एनआईसी एशियाको पिओएस सेवा सुचारु ,अन्य बैंकका एटिएममा पनि कार्ड चल्ने

0
Shares

एनआईसी एसिया बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डहरू प्रयोग गरी अन्य बैंकका एटिएम बुधबारबाट पनि पैसा निकाल्न सकिने भएको छ

चिनियाँ ह्याकरहरु विभिन्न बैंकका एटिएम प्रणाली ह्याक गरी रकम चोरी गरेसँगै देशभरका बैंकहरुका कार्डहरु सम्बन्धित बैंकका एटिएम बुथहरुमा मात्र चलाउन सकिन्थ्यो ।

यही क्रममा एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्डहरु गत भदौ १८ गतेदेखि अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम तथा पीओएस मेशिनहरुमा नचल्ने र यसै बैंकका एटिएम तथा पीओएस मेशिनहरुमा मात्र चल्ने गरेको थियो ।

बैंकले बुधबारबाट भने आफ्ना डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिजा नेटवर्कमा आबद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पीओएसमा समेत चल्ने व्यवस्था मिलाएको हो।

यसबीच प्रविधिक कारणले ग्राहकमा पर्न गएको असुविधाका लागि बैंकले क्षमायाचनासमेत गरेको छ। बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।