नेपाल पुनर्बीमा कम्पनी अण्डरराइटरको खोजीमा, एक अर्ब ६० करोडको आईपीओ आउने

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि अण्डरराइटर नियुत्तिको प्रक्रिया अघि बढाएको छ । १ अर्ब ६० करोडको आईपीओ निष्कासन गर्न लागेको कम्पनीले ८० करोड करोडको शेयरका लागि अण्डराइटर खोजी गरेको हो।

कम्पनीले कुल एक अर्ब ६० करोड बराबरको एक करोड ६० लाख कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता आईपीओका प्रत्याभूति गर्नका लागि मर्चेन्टर बैंकरहरुसंग प्रस्ताव माग गरेको छ ।

इच्छुक प्रत्याभूतकर्ता कम्पनीलाई आवेदन गर्दा कम्पनी दर्ताको प्रमाणपत्र, प्यान दर्ताको प्रमाणपत्र, आर्थिक बर्ष ७४/७५ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि सहित१५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन गरिसकेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासनका लागि कम्पनीले शेयर बिक्री प्रवन्धकमा आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड २ को रेटिंङ प्रदान गरेको छ ।

हाल नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी १० अर्व र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी.१० अर्ब पुग्नेछ ।

कम्पनीमा सरकारको ४४, बिमा कम्पनीहरुको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।