कृषि विकास बैंकले ललितपुर महानगरपालिका वातवरण सुधार समितिलाई वृक्षारोपण लगायत वातरवरण संरक्षणका निमित एक लाख २० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।
बैंकले ललितपुर महानगरपालिका वातवरण सुधार समिति वडा नं.१५ मा सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक बैकिङ्ग कार्यालय सातदोबाटो ललितपुरको आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी ३ नं.प्रदेश सभासद राजकाजी महर्जन, विशेष अतिथी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र विशेष अतिथि कै रुपमा पूर्व सभासद जनक चालिसे उपस्थित कार्यक्रममा बैंकको सीईओ उपाध्यायले एक लाख २० हजारको चेक वातरवरण सुधार समितिका संयोजक तथा १५ नं. वडासदस्य महेन्द्र मानन्धरलाई हस्तान्तरण गरे।
प्रमुख अतिथि रामकाजी महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै वृक्षारोपण तथा वातवरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवनसँगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताउँंदै बैंकले पु¥याएको योगदानको प्रशंसा समेत गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका विशेष अतिथि अनिल कुमार उपाध्यायले वातरवरण संरक्षणको प्रमुख आधार नै वृक्षारोपण भएकोले हामी सबैले घर, आँगन लगायत खाली जग्गामा वृक्षारोपण गर्ने कार्यलाई आत्मसाथ गरी अगाडि बढ्न आग्रह गर्दै आफ्नो नगर÷टोल लाई सुरक्षित तथा सफा हराबरा बनाउने दायित्व त्यहाँ बस्ने नागरिकको पनि भएकोले जानकारी दिईयो।
नेपाली जनताको आर्थिकस्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे। कार्यक्रमका अध्यक्ष तथा ललितपुर नगरपालिकाका वडा १५ का वडा अध्यक्ष सुर्दशन मिश्र र पूर्व सभासद जनक चालिसेले वातवरण संरक्षण तथा वृक्षारोपण कार्यक्रमलाई कृषि विकास बैंकले पुराएको योगदानको कदर गर्दै भविष्यमा पनि यस्तै किसिमका सहयोग पाउने अपेक्षा गर्दै बैंकको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए।
सो कार्यक्रमका बैंकका का.मु.उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, कृषि विकास बैंक क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक करुणचन्द्र घिमिरे, अनिल यादव, का.मु.मुख्य शाखा प्रबन्धक माधव रिजाल, बैंकका प्रवक्ता हिमलाल पौडेल, शाखा प्रबन्धक जनार्दन न्यौपाने, राजेन्द्र रानाभाट, प्रबन्धकहरु राजुकार्की, खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो।
प्रतिक्रिया