दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, अफर भित्र अफर सस्तोमा मोबाइल

0
Shares

दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफरै अफर सहितको मोबाईल मेला आइतबारदेखि सुरु भएको हो ।

मोबाईल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण बन्नेछ । निशुल्क पार्किङको व्यवस्था गरिएको मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

साथै हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५०प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निशुल्क पाइनेछ।

हरेकदिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार पाउनेछन् । सिटिसी मल र विभिन्न मोबाईल कम्पनीहरुको दोहोरो अफरले सेवाग्राही धेरै लाभान्वित हुने विश्वास मोबाइल हबले लिएको छ ।

असोज ५ गत्ते बाट दशै, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ । मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुनेछन् ।

मेलामा सामसुङ, एप्पल, एम आई, ओप्पो, हुवावे, भिभो, रियलमी, वान प्लस, अनर, ब्ल्याक बेरी , ईकोटेल लगायत ब्राण्डका ६५० रुपैंयादेखि २ लाख १५ हजÞार मूल्यका मोबाइल उलिब्ध हुनेछन् । नेपालमै पहिलो पटक सबै भन्दा धेरै ब्राण्डका मोबाइलहरु एउटै स्टोरमा उपलब्ध गराएको सिटिसी मोबाइल हबले रिचार्जर एपसँगको सहकार्यमा मोबाईल, क्यामरा, ल्यापटप, घरायसी सामान किस्ताबन्दीमा उपलब्ध गराउनेछ । यसका लागि रिचार्जरको मोबाइल एप डाउनलोड गरी ६ महिनादेखि १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सकिन्छ ।

हरेक ब्राण्डका मोबाइल एक्सेसरीजको साथमा एक्सचेन्ज अफर, ६० मिनेटमा मर्मत सेवा, उपलब्ध हुनेछ । मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्सको सिटिभी मोबाईलबाट पनि उल्लेखित अफरमा मोबाइल खरिद गर्न सकिन्छ ।

मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य बन्ने छ ।