कृषि विकास बैकद्धारा माईतीघर मण्डलामा बृक्षारोपण

0
Shares

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएका छन् । असोज ४ गते शनिवार संविधान दिवस मनाउने क्रममा बृक्षारोपण कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई बैंकका प्रमुख कार्यकारी अनिल कुमार उपाध्यायले विरुवाको संरक्षण र मण्डलाको सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिए ।

विगत केहि वर्ष देखि बैंकले मण्डलाको संरक्षण र गार्डनको सरसफाई गर्दै आएको छ । हाल रोपीएका विरुवाहरुलाई पानी सिंचित गर्ने लगायतका संरक्षण सम्बन्धी प्रमुख दायित्व पनि कृषि विकास बैंककै हुने पनि उनले बताए ।

सो कार्यक्रममा बैंकका का.मु.उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बैंकका विभागीय प्रमुखहरु प्रेम कुमार श्रेष्ठ, पप्पुबाबु , कृष्ण नकर्मि, प्रकाश कंडेल, निर्मलराज कोईराला, विना शर्मा, सरोज साह, बैंक प्रबक्ता हिमलाल पौडेल ,शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।