सरकारी खातामा १३७ अर्ब मौज्दात,बैंकहरुमा लगानी योग्य रकम अभाव

0
Shares

चालु आर्थिक वर्षको साउनसम्ममा सरकारका खाता रहेको विभिन्न बैंकमा गरेर एक अर्ब ३७ अर्ब मौज्दात रहेको छ । सरकारले कर समयमा उठाएपनि खर्च नगर्दा मौज्दात रहेको हो । 

सरकारले कर उठाउने र समयमा खर्च नगर्ने प्रवृतिले बैंकहरुको कर्जा लगानी योग्य रकमको अभाव देखिन थालेको छ । सरकारी खर्चलाइ निक्षेपको मूख्य अधारमा मान्ने बैंकहरुले सरकारले समयमा खर्च नगर्ने कारणले कर्जा लगानी योग्य रकम अभावको समस्या बारम्बार दोहोरिने गरेको छ ।

आर्थिक वर्षको दोस्रो महिना अर्थात भदौमा नै बैंकहरुमा कर्जा लगानी योग्य रकमको अभाव देखिन थालेको छ । बैंकहरुले गत आर्थिक वर्षको अन्त्यमा सरकारले गरेको खर्चमार्फत आएको निक्षेपवाट कर्जा प्रबाह गरिरहेका छन । त्यसका साथै चाडवाड नजिकिदै गरेको कारणले गर्दा बैंकवाट नगद बाहिरिने क्रम पनि उत्तिकै छ ।

कर्जाको माग उच्च वढेका कारण पनि बैंकहरुले आर्थिक बर्षको सुरुवातीमै आक्रामक रुपमा कर्जा प्रबाह गर्दा सो अनुसार निक्षेप नआउदा कर्जा लगानी योग्य रहेको अभाव देखिन थालेको हो ।

बैंकहरुले चालु आर्थिक वर्षको पहिलो २ महिनाको अवधिमा ५२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । यो अवधिमा बैंकहरुको निक्षेप भने १३ अर्व रुपैयाँले घटेको छ । पहिलो दुई महिनमै बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिनु र निक्षेप घट्नुले बर्षभरी कर्जा लगानी योग्य रकमको अभाव हुने संकेत देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो महनिा सकिदा बैंकहरुले कुल २८ खर्ब ६५ अर्ब निक्षेप संकलन गरेका छन । सो अवधिसम्ममा बैंकहरुले २५ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन ।  सरकारले चालु आर्थिक वर्षको २ महिनामा करिब ३.८७ प्रतिशत मात्र खर्च गरेको छ ।