सिप्रदीले नेपाली बजारमा भित्र्यायो ‘मिचेलिन’ ब्राण्डका टायर


सिप्रदी ट्रेडिङ प्रालिले फ्रान्सेली कम्पनी ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको छ ।मंगलबार काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सिप्रदीले ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको जानकारी दिएको हो ।

सार्क क्षेत्रका लागि महाप्रबन्धक प्रदीप थाम्पीले नेपालमा यो टायर भित्र्याउन पाउँदा आफूहरु निकै खुशी भएको बताए । नेपालको भौगालिक अवस्थाबारे अनुगमन गरी सोही अनुसारको टायर ल्याइएको सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजनबाबु श्रेष्ठले बताए ।

‘हामीले ३७ वर्षदेखि हाम्रा प्रोडक्टहरु नेपाली बजारमा ल्याएर विक्री वितरण गरिरहेका छौं’ उनले भने ‘सिप्रदीले गुणस्तरीय र कन्फर्ट कसरी बनाउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै नयाँ प्रोडक्टहरु बजारमा ल्याउने गर्दछ ।’

उनले विश्व बजारमा ‘मिचेलिन’ टायर स्थापित भइसकेको बताउँदै नेपालमा पनि यसले चाँडै स्थान लिने विश्वास लिए ।

‘हामीले नेपाली बजारमा जुनसुकै प्रोडक्ट ल्याउँदा पनि यहाँको बाटोघाटो अनुसार ठिक छ या छैन भनेर जाँच गरी ल्याउने गरेका छौं ।’ सीइओ श्रेष्ठले भने ।

सिप्रदीले विगत ३७ वर्षदेखि अटो मोवाइल तथा इक्युपमेन्ट लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

मिचेलिन टायर विश्वका १ सय ७० भन्दा बढी मुलुकहरुमा प्रयोग हुँदै आएको छ । नेपालमा पनि दुई पांग्रे तथा चार पांग्रे सार्वजनिक यातायातमा प्रयोग हुने गरी मिचेलिन टायर भित्र्याइएको सिप्रदीले जनाएको छ ।