एन आई सी एशिया बैंकका खातावाले पाए बीमा रकम


एन आई सी एशिया बैंकले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावालाहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ । जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएकोमा उनकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २५३ भुक्तानी गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५१९ रुपैंया, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई६७ हजार ९३३ रुपैंया कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई ५९ हजार ९०४ रुपैंया झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४३९ रुपैंया र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई २८ हजार ७५० रुपैंया रकम भुक्तान गरिएको बैंकले जनाएको छ ।