¥याडिसन होटलको फ्रुट सोकीङ्ग इभेण्ट


¥याडिसन होटल काठमाडौंले २४ सेप्टेम्बर २०१९ मा फ्रुट सोकीङ्ग कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम चौथो तल्लामा रहेको टेरेस र्गाडेनमा सेट अप गरिएको थियो । नम्ररिता पुरी, जेकयुन कु, मिलन राई, फाइजा परवीन, बोनिता शर्मा, असिम मान सिहं बस्नेत र निकीता आर्चार्य कार्यक्रममा सहभागी थिए ।

इभेण्टमा महिला प्रोफेसनल, युवा उद्यमी र सामाजिक परिचालकलाई निमन्त्रण गरिएको थियो ।

होटलका एक्जिक्युटिभ सेफ उत्पल कुमार मण्डोलले कार्यक्रमको बारेमा जानकारी दिदै होटलले बर्षौ देखि ड्राई फ्रुट, मसला, जडिबुटी, वाइन, रम र विस्की मिसाएर क्रिसमसको लागी केक तयार पारिने गरेको जानकारी दिएका थिए । इतिहासमा क्रिसमसको लागी तयार पारिने केकको सामाग्री दुइ देखि तिन महिना अगाडी मिश्रण गरेर राख्नु पर्ने चलन छ ।

सहभागीहरुले उत्त मिश्रण तयार पार्दै रमाइलो वातावरण सिर्जना गरे । ¥याडिसन होटल काठमाडौं यो वर्ष पनि फ्रुट सोकीङ्ग कार्यक्रम आयोजना गर्नेमा पहिलो भएको विज्ञप्तिमा उल्लेख छ ।