९१ रोपनी सरकारी जग्गा किर्ते गर्ने अभियुक्तलाइ सरकारी वकिल कार्यलयमा पेस


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ९१ रोपनी सरकारी जग्गा किर्तेमा संलग्न तत्काली कलंकी मलपोत कार्यलयका अधिकृत, कानुन व्यववसायी लगायत ६ जनालाइ सरकारी वकिलको कार्यलयमा पेस गरेको छ । व्यूरोले अभियुक्त ६ जनालाइ अख्तियारको अनुरोध अनुसारको संगठित अपराध मुद्दामा अनुसन्धान गरी जिल्ला सकारी बकिल कार्यालय काडमाडौंमा पेस गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ब्यूरोलाइ पत्राचार गरी काठमाडौं जिल्ला साबिक बाँडभन्ज्याङ गाविस वाडा नं. ३ हाल चन्द्रागिरी नपा बडा नं. २ को कित्ता नं १०१ सरकारी जग्गालाइ किर्ते कागजातहरु बनाइ सुयल हाउजिङ कम्पनीको नाममा कायम गर्ने क्रममा सहभागीलाइ अनुसन्धा गर्न भनेको थियो । साही अनुसार ब्यूरोले अनुसन्धान गरेर तत्कालिन मालपोत कार्यालय कंलकीका अधिकृत शिव प्रसाद रिमाल, कानुन व्यावसायी राम बाहदुर शाह समेत ६ जना अभियुक्त विरुद्ध काठमाडौं जिल्ला अदाल काठमाण्डौवाट लिखत सम्बनधी कसुरु तथा संगठित अपराध मुद्दामा अनुसन्धान कार्य सम्पन्न पछि जिल्ला सकारी बकिल कार्यालय काडमाडौंमा पेस गरेको जनाएको छ ।

ब्यूरोले अनुसन्धानपछि सार्वजनिक सरकारी वनको जग्गाहरु प्रतिवादी राम बहादुर शाहको योजनामा प्रतिवादी मिना कुरमारी थापाको नाममा नक्कली जग्गा धनी प्रमाण पुर्जा बनाइ कायम गराइ उक्त जग्गाहरु प्रतिवादी राम कुमार सुयल थापा सञ्चालक भएको सुयल हाउजिङ कम्पनीकौ नाममा बिक्रिको कारार कागजाहरु समेत तयार गरेको पत्ता लगाएको छ ।

त्यसैगरी मिना कुमारी थापाले करार बमोजिम पार नगरेको भनी सम्मानित ललितपुर जिल्ला आदलतमा बिमा कुरमा थापाको विरुद्धमा फिराद पत्र दर्ता गराइ उक्त जग्गा सुयल हाउजिङ कम्पनीको नाममा दर्ता गरे हुन्छ भन्ने एक अर्का विच मिलापत्र भएको भनि मिलापत्र भएकोले मालपोत कार्यालय कलंकीवाट सुयल हाउजिङको नाममा जग्गाको स्रेस्ता कायम गरी प्रमाण पुर्जा दिए तथ्य पनि ब्यूरोले फेला पारेको छ ।

कित्ता नं. १०१ को ९१–०२–०–० जग्गा मध्ये कित्ता काट गरि किनं ३९८ को २ रोपनी जग्गा व्यक्ति विषेशलाइ बिक्री वितरण समेत गरेकोमा सामुदायिक वनको उक्त सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गराएको तथ्य समेत फेला परेको ब्यूरोले जनाएको छ । सुयल हाउजिङ कम्पनीमा प्रतिवादी राम बहादुर शाहको ७५ प्रतिशत सेयर भएको सम्भाmौताहरु समेत भएको कागजातवाट देखिएको हुदाँ सो अपराधको विगो ५ करोड ८९ लाख ६० हजार रुपैयाँ काम समेत गरेको ब्यूरोले जनाएको छ ।