मुक्तिनाथ विकास बैंकद्धारा टरौली सामुदायिक पुस्तकालयलाई ३० हजार सहयोग

0
Shares

मुक्तिनाथ विकास बैकले चितवन स्थीत टरौली सामुदायिक पुस्तकालयलाई भवन निमार्णका लागि वित्तिय सहयोग स्वरुप तिस हजार मात्र रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले सो रकम हस्तान्तरण गरेको जनाएको छ । चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका सांसद कृष्ण प्रसाद खनालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

मुक्तिनाथ विकास बैंकले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।