एनआईसी एशिया क्यापिटलको एक्सप्रेस डिम्याट सेवा,अब घर घरमै अफिस

0
Shares

एनआईसी एशिया क्यापिटलले आफ्नो घर/कार्यालयमै गई डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको छ। तेश्रो वार्षिक साधारण सभा सम्पन्न गर्दै क्यापिटलले यस्तो व्यस्वस्था गरेको छ । 

एनआईसी एशिया क्यापिटलले २०७६ साल बैशाख १ गतेदेखि सुरु गरेको “एक नेपाली, एक डिम्याट खाता“ अभियानलाई प्रभावकारी बनाई अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर दैलोमा नै पुगि डिम्याट सेवा उपलब्ध गराई व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व तथा डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्द ै“एनआई सी एशिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा”को अभियान थालनी गरेको छ।

उक्त सेवा प्राप्त गर्नको लागि कम्पनीको सम्पर्क नम्बर ९८५११२२९९४ मा सोझै कल÷वा मिसकल गर्न सकिनेछ। साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीनजना व्यक्तिहरुको समुह हुनुपर्नेछ। हाल लाई यो सेवा काठमाण्डौ उपत्यकाभित्रको लागि मात्र उपलब्ध हुनेछ ।