सूर्या लाइफको ७० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने आइतबार अन्तिम दिन

0
Shares

सूर्या लाइफ इन्स्योरेन्सको निष्काशन गरेको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो। बैंकले गत भदौ ८ गतेदेखि हाल कायम चुक्ता पूँजीको ७० प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गरेको थियो । 

हकप्रदमा एनआईसि एशिया क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। सूर्या लाइफका उपत्यका बाहिरका शाखा कार्यालय मार्फत पनि आवेदन गर्न पाइनेछ।

कम्पनीले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९६ कित्ता शेयर बिक्री गरेको हो।

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सको ११ औं वार्षिक साधारणसभाले १० बराबर ७ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो। हकप्रद प्रयोजनका लागि कम्पनीले साउन २९ गते बुक क्लोज गरेको थियो । साउन २८ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।