ज्योति लाइफको ६६ करोडको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

0
Shares

ज्योति लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारणसभाले साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

असोज १२ गते सम्पन्न साधारणसभाले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको हो । 

हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफले ६६ करोड रुपैंया बराबरको ६६ लाख कित्ता आईपिओ जारी गर्नेछ ।

आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । साथै कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा ७०ः३० कायम हुने छ।

साथै, साधारणसभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आगमी आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र संचालक समिति तथा उप समितिका सदस्यहरुको बैठक भत्ता र अन्य सुविधाहरु पुनरावलोकन गर्ने लगायत प्रस्तावहरु समेत पारित गरेको छ ।

कम्पनीले हालसम्म देशभर १०३ शाखा र उपशाखा बिस्तार गर्दै एक अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको जनाएको छ ।