नेपालमा प्याजको मूल्य अझै बढ्ने, भारत सरकारले निर्यातमा लगायो प्रतिबन्ध

0
Shares

भारतको केन्द्रिय सरकारले सबै प्रकारका प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको प्याज भाउ बढ्ने भएको छ ।

भारत सरकारले आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ । भारतमा प्याज प्रतिक्वीन्टर १६ सय रुपैयाले बृद्धि भएको छ । यो मुल्य चार वर्ष यताको उच्च हो ।

लगातारको वर्षाको कारण भारतमा प्याजको मुल्यमा भारी बृद्धि भएको हो महाराष्ट्र, राजस्थान र मध्य प्रदेशलगायतमा प्याजको मुल्यमा भारी बृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतमा प्याजको मुल्य बढेसंगै सिधै असर नेपाली बजारमा पर्ने भएको छ । नजिकिँदो दसैंमा नेपालीले प्याजका लागि महंगो मुल्य तिर्नुपर्ने भएको छ ।

भारतकै सवैभन्दा ठूलो प्याजको अनलाइन मार्केट लासलगांव एपीएमसीका अनुसार प्रतिक्विन्टर १६ सयले बृद्धि भएपछि अहिले भारतमा प्याज प्रतिक्विन्टर ६ हजार रुपैंयामा बिक्री हुन थालेको छ ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार यसपाली वर्षाका कारण कर्नाटक र आन्ध्र प्रदेशमा प्याज उत्पादन हुन सकेन । भारतका धेरै जसो स्थानमा लासलगांव एपीएमसीले प्याज बिक्री गर्दै आएको छ । नेपाली बजारमा कालिमाटी तरकारी बजारमा अहिले प्याजको भाउ प्रतिकिलो १०५ रूपैंयाँ छ ।