स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश प्रस्ताव

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त संस्थाले शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत कर सहितको नगद लाभांश दिने प्रस्ताव गरेको हो।

संस्थाको हाल चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ छ। २६ प्रतिशत बोनस वितरण पश्चात ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पूँजी पुग्नेछ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र ११.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो।