दशैंपछि खुलेको शेयर बजारमा मन्दी, ६ करोडको मात्र शेयर कारोबार

0
Shares

सबै लगानीकर्ता दशैं मनाउन व्यस्त भएपश्चात यस साता असोज २३ गते बिहीबार नेप्से सूचक सामान्य ऋणात्मक भयो भने कारोबार रकम ६ करोड ३८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ।

लगानीकर्ताहरु दशैं मनाउन उपत्यका बाहिर रहेकाले कारोबारमा मन्दी छाएको हो। यस सातामा एक दिन मात्र बजार खुल्यो भने सो दिन १२१ वटा कम्पनीको २ लाख ३२ हजार कित्ता शेयर कारोबार भयो।

नेप्से सूचक ०. ३९ अंकले घटेर ११४९.०१ बिन्दुमा झरेको छ। बिहीबार लाभांश घोषणा गरेको प्रभु बैंक र महालक्ष्मी विकास बैंकको शेयरमुल्य र कारोबार धेरै भयो।

कारोबारमा आएका ३८ वटा कम्पनीको शेयरमूल्य बढदा ५६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै अन्य २६ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

प्रभु बैंकको २ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। सिद्धार्थ बैंकको ३९ लाख ७५ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ३५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ लाख, सनराइज बैंक, शिवम् सिमेन्टस्, माछापुच्छ्रे बैंक र एनआइसी एशियाको धेरै रकमको कारोबार भयो।

बिहीबार गुडविल फाइनान्सको शेयरधनीले ७.६९ प्रतिशतले कमाए भने नेपाल इन्स्योरेन्सको शेयरमूल्य पनि ५.२८ प्रतिशतले उकालो लाग्यो। बोट्लर्स नेपाल बालाजु, एनएमबी माइक्रोफाइनान्स, माउन्टेन हाइड्रोपावर, हिमालयन पावर पार्टनर र सनराइज बैंककोशेयरमूल्य सामान्य वृद्धि भयो।

उता नेपाल सेवा लघुवित्तको शेयरधनीले सबैभन्दा धेरै ३.६३ प्रतिशतले गुमाए भने अपि पावर, रिलायन्स फाइनान्स, नागरिक लगानी कोष, प्राइम लाइफ इन्स्योरेन्स र र नेपाल हाइड्रोको लगानीकर्ताले २ प्रतिशत धरैले गुमाए।

बिहीबार कारोबारमा आएका ११ उपसमुहको सूचकमध्ये बैंकिङ्ग सहित ६ वटा उपसमुहको सूचक सकारात्मक देखिए भने ५ वटा उपसमुहको सूचक नकारात्मक देखिए।

प्रकाशित मिति: २४ असाेज २०७६, शुक्रबार  १७ : ५६ बजे