मल्टीपर्पस फाइनान्सको झण्डै २५ लाख कित्ता शेयर लिलामी असोज ३० देखि


मल्टीपर्पस फाइनान्सले झण्डै २५ लाख कित्ता शेयर आउँदो बिहीबारदेखि लिलामीमा राख्ने भएको छ ।

फाइनान्सले असार ९ गतेदेखि निष्काशन गरेको हकप्रदमा बिक्री नभएको २४ लाख ८७ हजार दुई सय ७८ कित्ता शेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।

फाइनान्सको हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण तर्फको ६ लाख २६ हजार ५५७ कित्ता शेयर लिलामीमा राख्न लागेको हो ।

लिलामी शेयरमा न्युनतम प्रति कित्ता एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकी असोज ३० गतेदेखि कात्तिक ७ गते सम्ममा बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्युनतम एक हजार कित्ता र सर्वसाधारण समुहको लागि न्युनतम एक सय कित्ता वा अधिकतम सबै कित्ता शेयरको आवेदन गर्नु पर्ने हुन्छ ।

सिभिल क्यापिटल मार्केट सुन्धारा, मल्टीपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, बिरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, तथा घाराहीबाट गोप्य शिलबन्दी बोपलत्र पेश गर्न सकिने छ ।

साथै सेञ्चुरी बैंकको शाखा कार्यालयहरु बाग्लुङ तथा महेन्द्रनगरबाट पनि आवेदन बुझाउन सकिने छ ।

फाइनान्सले असार २३ देखि भदौ ९ गतेसम्म ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।