धितोपत्र वजारलाई अन्तराष्ट्रिय रुपमा स्तरोन्नति गराउनु नै मुख्य चुनौती : बोर्ड अध्यक्ष कार्की

0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपालको धितोपत्र वजारलाई अन्तराष्ट्रिय रुपमा स्तरोन्नति गराउनु नै मुख्य चुनौती रहेको बताएका छन् । आफेनो चार बर्षे कार्यकालको कार्य प्रगति समिक्षा सार्वजनिक गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

नेपाल सरकारको निर्णयानुसार २०७२ कार्तिकदेखि चार वर्षको लागि बोर्डको अध्यक्ष नियुक्त भएका कार्कीको यही असोज मसान्तमा कार्यकाल समाप्त हुदैछ । आफ्नो कार्यकाल सकिनु २ दिन अघि अध्यक्ष कार्कीले बजारलाई अन्तर्रा्ष्ट्रिय रुपमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

अध्यक्ष कार्कीले अर्थतन्त्र र पूँजी बजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउनुपर्नेमा पुन जोड दिएका छन् । थप एक स्टक एक्सचेञ्ज संचालन गर्न नीतिगत निर्णय भैसकेको भन्दै अर्को स्टक एक्स्चेञ्ज स्थापना गरी धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक, स्वस्थ र आधुनिक वजारको रुपमा विकास र विस्तार गनुपर्ने अहिले चुनौति रहेको उनको धारणा छ ।

त्यस्तै नेप्सेको कर्पोरेट निजीकरण शुरुवात गरी आधुनिक सुविधा उपलव्ध भएमा दैनिक पाँच अर्बको कारोबार हुनसक्ने कार्कीको भनाई छ । ऋणपत्र बजारलाई आधुनिक र सक्रिय बनाउने, अन्तर्रा्ष्टिय स्तरको धितोपत्र कारोवारको टेष्टेड सफ्टवेयर प्रणाली अपनाई गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई वजारमा प्रवेश गराउने र नियमन निकायसहित वजार सहभागीहरुको क्षमता अभिवृद्धि गरी नेपालको धितोपत्र वजारलाई अन्तर्रा्ष्ट्रिय रुपमा स्तरोन्नति गराउनु नै अहिलेको मुख्य चुनौती रहेको कार्कीको भनाई छ ।

आफ्नो कार्यकालको समिक्षा गर्दे कार्कीले प्राथमिक बजारमा शेयर आवेदन दिन लाइन लाग्नु पर्ने, बोराका वोरा आवेदन पर्ने, आफ्नो पैसा तथा वोनस एवं हकप्रद लिन पनि लाईन लाग्नु पर्ने साथै दोस्रो बजारमा पनि नामसारीलाई ३–४ महिनासम्म लाग्ने, क्लियरिङ्ग गर्न धेरै दिन लाग्ने इत्यादि समस्याहरु समाधान भएको उल्लेख गरेका छन् ।

त्यस्तै उनले कारोबार अटोमेसन, व्रोकर शूल्क कटौती, २३ व्रोकरवाट २७ थप गरी ५० पुर्याउने, सेन्सेटिभ र फ्लोट इन्डेक्सको साथै सर्किट ब्रेकरको शुरुवात लगायतका महत्वपूर्ण कार्यहरु समेत भएको जनाएका छन् । आइपिओदेखि लिष्टिंग ट्रेडिंगसम्म छ महिनावाट एक महिनामा हुने र आइपिओ वाँडफाँट तीन महिनावाट एक हप्तामा हुने व्यवस्था, आफ्नै डिम्याट खाता र वैक खतामा शेयर तथा रकम स्वतः जम्मा हुने व्यवस्था आफ्नो कार्यकालका उपलब्धीहरु भएको उनको भनाई छ ।

यस्तै प्राथमिक बजारमा १० कित्तासम्म आवेदन दिन पाउने, साथै आवेदकले न्यूनतम १० कित्ता पाउने व्यवस्था, आस्वामार्फत स्थानीय निकायसहित ७७ जिल्लामा पहुच, दोस्रो बजार सवै प्रदेशसहित प्रमुख आर्थिक केन्द्रहरुमा विस्तार, लगानीकर्ताको संरचना समावेशीरुपमा वृद्धि, धितोपत्र नियमन निकायहरुको अन्तर्रा्ष्ट्रिय संस्था आईओएससिओको सदस्यता प्राप्त हुनु पनि आफ्नो नेतृत्वमा भएका उपलब्धीहरु रहेको कार्कीको दाबी छ ।

साथै उनले अन्तिम चरणमा रहेको वैंकको सहायक कम्पनीलाई व्रोकर लाइसेन्स दिने, प्रशिक्षण प्रतिष्ठान र प्रादेशिक कार्यालयको स्थापना, वस्तु विनिमय बजार सञ्चालन लगायतका काम तत्काल गर्नुपर्ने उनको सुझाब छ ।

बोर्डको संस्थागत सुधारका लागि धितोपत्र सम्बन्धी ऐन संशोधन, धितोपत्र व्यवसायी (व्रोकर र मर्चेण्ट वैकिंग) नियमावली, सामूहिक लगानी कोष नियमावली, क्रेडिट रेटिङ्ग नियमावली, धितोपत्र दर्ता तथा निष्काशन नियमावली आदिमा संशोधन गरिनुपर्ने उनको भनाई छ।

यसैगरी ब्रोकरलाई डिलरसिप र एड्भाईजरी सेवा प्रदान गर्नेका साथै धितोपत्र व्यवसायी गाभिने/ प्राप्ति हुने, सबै नियमन संस्थामा स्वार्थ बाझिन नहुने, राईट शेयर दोव्वर भर्न पाउने, सार्वजनिक निष्काशनमा बुक विल्डङ्ग विधि अपनाउने, स्थानीयले पाउने शेयरको लकईन पिरियड घटाउने, लाईफ ईन्सुरेन्स कम्पनीले म्युचुअल फण्ड संचालन गर्न पाउने इत्यादि व्यवस्था गरिएको छ । साथै भित्री कारोबार निषेध नियमावली बोर्डबाट अर्थमन्त्रालय स्वीकृतिका लागि पठाई सकिएको छ।

साथै उनले सेवा निवृत भएतापनि पूँजीबजारसहित अर्थतन्त्र, बैंकिङ्ग, लघुवित्त र सामाजिक कार्यमा आफ्नो विज्ञता र सेवा सर्म्पित गर्ने प्रण पनि कार्कीले गरेका छन् ।