एनआरएन निर्वाचनको मतदान स्थगित


गैरआवासीय नेपाली सघंको नयाँ नेतृत्वका लागि चुनावी प्रत्रिया सुरु भएपनि मतदान प्रक्रिया स्थगित भएको छ । अध्यक्षका उम्मेदवार कुमार पन्तका अनुसार विद्युतीय भोटिङ मेसिनमा आएको खरावीका कारण बुधबारको मतदान प्रक्रिया स्थगित भइ बिहीबार बिहान १० बजेवाट सुरु हुनेछ ।


केही समय अघिसम्म मतदान सुरु हुने भनिएपनि विद्युतीय मेसिनमा आएको गडवडीका कारण स्थगित भएको पन्तले जनाएका छन । संघको नयाँ नेतृत्वका लागि ४२ पदमा ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन ।

निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । उनलका अनुसार सघंको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मंगलबारदेखि शुरु भएको सघंको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकि हुन । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।