युनाइटेड फाइनान्सले ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिने

0
Shares

युनाइटेड फाइनान्स र एस्वी सोलुसन्स् प्रालिबीच ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिन समझदारी भएको छ।

युनाइटेड फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्स् प्रा. लि. का अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
दुई कम्पनीबीच आन्तरिक कर्जा प्रक्रियालाई ’डकुमेन्ट मेनेजमेन्ट सिस्टम’ द्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गर्ने बारे सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम अब बैंकले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ ।

युनाइटेड फाइनान्स ले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरि ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् ।

युनाइटेड फाइनान्सले देशका बिभिन्न भागमा रहेका १५ शाखा मार्फत ५० हजार भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ ।

एस् वी. सोलुसन्स् प्रा. लि. ले डिजिटाइजेसन र अटोमेसन बैंकिङ प्रोडक्टस् र प्रोसेस जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइल लोन इलिजीबिलिटी, अनलाइल अकाउन्ट ओपनिङ, डकुमेन्ट मेनेजमेन्ट सिस्टम, भेन्डर मेनेजमेन्ट सिस्टम, मेमो मेनेजमेन्ट र मोवाइल एप्लिकेसन जस्ता सेवा उपलव्ध गराउदै आएको छ ।