स्मार्ट कार्ड नेपालले स्क्रयाच कार्ड र डिजिटल वालेट सञ्चालन गर्ने

0
Shares

स्मार्ट कार्ड नेपाल प्रा लि ले नेपाल राष्ट्र बैंकबाट भूक्तानी तथा बचत सेवा प्रदायकको अनुमति पाएको छ । राष्ट्र बैंकले यस कम्पनीलाई भूक्तानी तथा फर्छ्यौट विनियमावली अनुसार अनुमति पत्र (अपरेटिङ लाइसेन्स) दिएको हो ।

राष्ट्र बैंकले गत सोमबारको कम्पनीलाई भूक्तानी तथा बचत सेवा प्रदायकको अनुमति दिने निर्णय गरेको थियो । अनुमति पाएसँगै चाँडैनै कारोबारमा जाने कम्पनीले जानकारी दिएको छ।

२०७१ सालमा स्थापना भएको स्मार्ट कार्ड नेपाल डिजिटल प्रविधीमा आधारित पेमेन्ट एण्ड डिपोजिट गेटवे कम्पनी हो। कम्पनीले अत्याधुनिक प्रविधी युक्त प्रिपेड स्क्रयाच कार्ड (स्मार्ट स्क्रयाच कार्ड) र डिजिटल वलेट (स्मार्ट वालेट) को माध्यम बाट सेवा प्रवाह गर्ने जनाएको छ।

कम्पनीको आफ्नै प्रिपेड स्क्रयाच कार्ड मार्फत बैंक तथा बित्तिय संस्थामा रकम जम्मा गर्न सकिनेछ । साथै उक्त कार्ड मार्फत डिजिटल वालेट लोड गरि सोही वालेट मार्फत आर्थिक कारोवार गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव दास सिं ले जानकारी दिए ।

कम्पनीले सम्पूर्ण प्रयोगकर्ता लाई बित्तीय पहुँच पुर्याउनुका साथै नगद कारोवार लाई क्यास लेस ट्रान्जेक्सनमा प्रोत्साहन गर्दै सानो सानो पैसालाई समेत बैंकिङ च्यानलमा ल्याई बचत गर्ने बानीको बिकास गराउने सहयोग पुर्याउने बताएको छ । यस्तै ग्रामिण भेगमा समेत आफ्नो सेवा सञ्चालन गर्ने जनाएको छ।

कम्पनीले कारोवारको लागी वेब एप्लिकेसन र मोबाईल एप्लिकेसन समेत उपलब्ध गराई सकेको जानकारी दिएको छ। कम्पनीको सञ्चालक अध्यक्ष प्रताप जंग पाण्डे रहेका छन्। अम्बिका प्रसाद पौडल, चिरञ्जिवी थापा, तिलक बहादुर रानाभाट,रमेश दियाली, सुवास अमात्य, रमेश कुमार पण्डित, शिवदाश सिहं लगायत कम्पनीको सञ्चालक रहेका छन्।