एभरेष्ट बैंकका नयाँ प्रमुख कार्यकारी नेगीले सम्हाले कार्यभार


एभरेष्ट बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगीले आफशनो कार्यभार सम्हालेका छन् । प्रमुख कार्यकारी नेगीले असोज ३० गते बिहीबार देखि ४ वर्षे कार्यकालका लागि कार्यभार सम्हालेका हुन् ।

नव नियुक्त प्रमुख कार्यकारी नेगी यसअघि पञ्जाव नेशनल बैंकमा नायव महाप्रबन्धकको रुपमा कार्यरत थिए । एभरेष्ट बैंकमा पञ्जाब नेशनल बैंकको २० प्रतिशत शेयर स्वामित्व छ ।

यस अघि एभरेष्ट बैंकमा सोमेश्वर सेठ प्रमुख कार्यकारी अधिकृत थिए । बैंकका निवर्तमान सीईओ सोमेश्वर सेठको कार्यकाल असोज २९ मा सकिएको थियो । सेठ पञ्जाब नेशनल बैंकको नयाँ दिल्लीस्थित कर्पाेरेट कार्यालयमा पदस्थापन भएका छन् ।

बैंकले नेगीलाई स्वागत तथा सेठलाई विदाईको कार्यक्रम केहि समय अघि नै गरिसकेको थियो ।