नेपाल टेलिकम र युनिलिभर सहित ८२ कम्पनीको शेयर कारोबार रोक्का

0
Shares

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले शुक्रबारदेखि नेपाल टेलिकम र युनिलिभर सहित कुल ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेमा सूचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि कारोबार रोक्का गरेको हो ।

नेपाल टेलिकम नेप्सेमा सूचिकरण भएका कम्पनीहरु मध्ये सबैभन्दा धेरै कित्ता शेयर सूचीकृत भएको कम्पनी हो भने युनिलिभर सबैभन्दा धेरै शेयर मूल्य भएको कम्पनी हो । नेप्सेमा टेलिकमको १५ करोड कित्ता शेयर सूचीकृत छ । त्यसैगरी युनिलिभरको प्रतिकित्ता शेयर मूल्य २० हजार २ सय रुपैयाँ छ ।

नेप्सेमा सूचीकरण नविकरण शुल्क नतिरेको खण्डमा शेयर कारोबार रोक्निछ भन्ने हेक्का पनि नराख्ने कम्पनीहरु शेयरधनीप्रति अझै पनि जिम्मेबार हुन सकेको देखिदैन ।कम्पनीहरुले समयमा नविकरण नगर्दा शेयरधनी शेयर खरिद बिक्रीबाट बञ्चीत हुने अवस्था आएको हो । 

हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सूचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ । सूचीकृत कम्पनीले सूचीकरण नविकरणलाई संवेदनशील रुपमा नलिएको लगानीकर्ताको गुनासो छ । सूचीकरण नविकरण दस्तुर समयमा नबुझाउदा कम्पनीलाई भन्दा पनि लगानीकर्तालाइ वढी असर गर्छ ।

कम्पनीले नियमको पालन नगर्दा कारोबार रोक्का भएपछि लगानीकर्ताले कारोबार गर्न पाउदैनन् । कुनै पनि कम्पनीले लगानीकर्तालाइ धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सहज होस भनेर नेप्सेमा शेयर सूचीकरण गराउछन ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेको नेप्सेले जनाएको छ । सूचीकृत कम्पनीलाइ सूचीकरण नविकरण गराउन नप्सेले जानकारी गराएको भएपनि समयमा नविकरण नगरको नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए । “कारोबार रोक्का भएका कम्पनीले सूचीकरण दस्तुर बुझाउने वित्तिकै कारोबार खुल्छ,” पराजुलीले भने,“कारोबार रोक्का भएका कम्पनीले आइतबार कारोबार सुरु हुने समय भन्दा अघि नविकरण दस्तुर बुझाएको खण्डमा आइतबार नै कारोबार खुल्छ ।”

शुक्रबार नेप्सेले कारोबार रोक्का गरेका ८२ कम्पनी मध्ये अधिकासं नियमीत कारोबार हुने कम्पनी रहेका छन ।

विनीयमावली अनुसार ५० करोड रुपैयाँ बरावरको शेयर सूचीकृत कम्पनीले वार्षिक रुपमा नविकरण दस्तुर स्वरुप ५० हजार र सो भन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले बार्षिक रुपमा एक लाख रुपैयाँ नेप्सेलाइ बुझाउनु पर्छ ।

नेप्सेमा नविकरण दस्तुर नतिर्नेमा १८ विकास बैंक, वित्त समुहका १२ फाइनान्स कम्पनी, अन्य समुहको नेपाल टेलिकम र फिल्म विकास संस्थानले नविकरण गरेका छैनन ।

त्यसैगरी होटल समुहका सोल्टी र याक एण्ड यती रहेका छन भने बीमा समुहको लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र प्रभु इन्स्योरेन्स रहेका छन । कारोबार रोक्का भएका उत्पादन मुलक समुहका ११ र व्यापार समुहमा सुचिकृत ३ कम्पनी रहेका छन । त्यसैगरी लघुवित्त समुहका १९, जलविद्युत समुहका १३ कम्पनीको सुचीकरण नविकरण भएको छैन ।

यी हुन नेप्सेमा सूचीकरण नविरण नगर्ने ८२ कम्पनी