नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले लाभांस सहितका प्रस्ताव पारित गर्न कार्तिक २५ गते सोमबार होटेल क्राउन इम्पेरीयल रविभवनमा साधारण सभा आह्वान गरेको छ ।

साधारण सभाले कम्पनी संचालक समितिले प्रस्ताव गरेको ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५० करोड पुर्याउने जनाएको छ।

यसैगरी वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल र पारित गर्ने, लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, प्रबन्धपत्र तथा नियमावली संसोधन र थप संसोधन तथा परिमार्जनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डाहरु साधारण सभाबाट पारित गराउनेछ ।