बैंकका एक शाखाका औसत ग्राहक ३३ सय


बैंक तथा वित्तीय संस्थाका एक शाखा मार्फत सेवा लिने नेपालीको संख्या ३ हजार ३ सय ३६ पुगेको छ । यस्तो संख्या २०७५ असारसम्ममा ४ हजार ४सय ३४ थियो ।

एक वर्षको अवधिमा बैंक वित्तीय संस्थामा शाखा विस्तारमा वृद्धि आएपनि एक शाखाका औसत ग्राहकमा कमी आएको हो । नेपाल राष्ट्र बैंककका अनुसार बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३३०० मा आइपुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै एक बैंक शाखाबाट सेवा प्राप्त गर्नसक्ने औसत जनसंख्याको आकार पनि क्रमशः घट्दै गएको छ ।

२०७५ असार मसान्तमा कुल जनसंख्या र वैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्याको अनुपात ४३३४ रहेकोमा २०७६ असार मसान्तमा ३३६३ मा झरेको हो । प्रदेशगत रुपमा प्रति बैंक शाखा जनसंख्या अनुपात सबै भन्दा कम गण्डकी प्रदेश र सबै भन्दा बढी कर्णाली प्रदेशमा देखिएको छ ।

पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको छ । विगत ४ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या दोब्बर भई २०७६ साउनमा ८८०५ पुगेको छ । २०७५ असारमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६६५० रहेको थियो ।

सबै स्थानीय तहमा वाणिज्य वैंकहरुको कम्तीमा एक शाखा पु¥याउने नीति अनुरुप अनुरुप २०७६ असोजसम्ममा ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको छ । २०७५ असार मसान्तसम्म ६३१ र २०७४ असार मसान्तमा २९६ स्थानीय तहहरुमा मात्र वाणिज्य बैकहरुका शाखा विस्तार भएको थियो ।

२०७६ असोज महिनासम्ममा प्रदेश ५ का सबै स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुगिसकेको छ भने सुदुर पश्चिम प्रदेशका ६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक एक स्थानीय तह र कर्णाली प्रदेश, प्रदेश ३ र प्रदेश २ का दुई दुई स्थानीय तहहरुमा अझै बैंक शाखा पुगेका छैनन । 

बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने\गाभिनेतथा प्राप्ति गर्ने नीति अवलम्वन गर्न थालिए यताको करिव एक दशकको अवधिमा वैक तथा वित्तीय संस्थाहरुको संख्या घट्दै गएको छ । सो अनुसार २०७१ असारमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०४ रहेकोमा २०७५ असारमा १५१ मा झरेको छ भने केही नयाँ लघुवित्तीय संस्थाहरुको इजाजत थपिएकोले २०७६ साउनमा १७१ पुगेको छ ।