बोटलर्स तराईका शेयरधनीलाई ४० प्रतिशत नगद, बोटलर्स नेपालले लाभांश नदिने

0
Shares

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले यहि कात्तिक २८ गते वार्षिक साधारणसभा बोलाएका हुन् ।

बोटलर्स नेपालले ४१ औँ र बोटलर्स तराईले २३ औँ वार्षिक साधारण सभा गर्न लागेका हुन् । बोटलर्स नेपाल (बालाजुले लाभांश प्रस्ताव विना नै साधारण सभा बोलाएको छ भने बोटलर्स नेपाल तराईले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

साधारणसभा दरबारमार्गस्थित होटेल अन्नपूर्णमा हुनेछ । तराईको सभा बिहान ११ बजे डाकिएको छ भने बोटलर्सको बेलुका ४ बजे डाकिएको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बोटलर्स नेपालले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

दुवै कम्पनीले साधारणसभाको लागि कार्तिक १४ देखि कार्तिक २८ गतेसम्म बुक क्लोज गर्ने भएका छन् । जस अनुसार कार्तिक १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।