भारतमा आर्थिक मन्दीको असरः हिरो मोटोकर्पको आय र नाफा खस्कियो

0
Shares

विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुबै घटेको बुधबार सार्वजनिक कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीका अनुसार यस वर्षको सेप्टेम्बर अन्त्यसम्ममा कम्पनीको आम्दानीमा करिब १७ प्रतिशत गिरावट आएको छ । अघिल्लो वर्ष करिब ९ हजार करोड आम्दानी गरेकामा यस वर्ष करिब ७ हजार ५७० हजार करोड मात्र भएको छ ।

कम्पनीको नाफामा पनि निकै असर परेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष १ हजार ४४८ हजार करोड नाफा रहेकामा यस वर्ष १ हजार करोडमा सीमित भएको छ ।

कम्पनीका प्रमुख वित्तीय अधिकृत निरन्जन गुप्ताले दिपावली समेतका चाडपर्वका कारण नयाँ मोडेलका मोटरसाइकल र स्कुटरको विक्री बढेकाले कम्पनीको वित्तीय अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।

हिरो मोटोकर्पले यसै वर्ष पाँच किसिमका नयाँ उत्पादनहरु बजारमा ल्याएको छ जसमा तीन किसिमका नयाँ डिजाइनका मोटरसाइकल र दुई किसिमका स्कुटर रहेका छन् ।