सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी घट्यो


सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा प्रतिशेयर आम्दानी घटेको वित्तीय विबरण निकालेको छ । वाणिज्य बैंकहरुमा वित्तीय बितरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको सिटिजन्सको खुद नाफामा गिरावट आए पछि प्रतिशेयर आम्दानी घटेको हो ।
बैंकले असोज मसान्तसम्ममा ३४ करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा झण्डै ८ करोडले घटेको हो । एनएफआरएस विबरणका आधारमा बैंकले २१ करोड ३ लाख ६५ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।
ब्याज आम्दानीमा आएको गिरावटका कारण बैंकको खुद नाफा प्रभावित बनेको हो ।
८ अर्ब ६२ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ९५ करोड २८ लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा २५ करोड २७ लाख रुपैयाँ सञ्चित छ ।
गत आर्थिक वर्षको यसै अवधिमा २१ रुपैंया २६ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले १६ रुपैयाँ २० पैसामा झरेको छ ।समीक्षा अवधिमा १.२३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई बैंकले ०.९८ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १८ पैसा छ भने मूल्य आम्दानी अनुपात २१.७२ गुणाले बढी छ ।
बैंकको पूँजीकोष अनुपात १२.६६ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७८.४१ प्रतिशत छ । बैंकको स्प्रेडदर ४.१६ प्रतिशत छ ।