सुन्धारा सेक्युरिटिजको साधारण सभा मंसिर पहिलो साता


सुनधारा सेक्युरिटिजले मंसिर पहिलो साता साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर ६ गते शुक्रबार बाह्रौं साधारण सभा बोलाएको हो ।

बागदरबार, काठमाण्डौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने साधारण सभाले गत आर्थिक वर्षको प्रतिवेदन पारित गर्दैछ भने लेखापरीक्षक पनि नियुक्त गर्नेछ ।

आगामी कार्यकालका लागि कम्पनीले तीन जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ भने वार्षिक साधारण सभाको माइन्युटमा हस्ताक्षर गर्नका लागि २ जना शेयरधनी प्रतिनिधि समेत चयन गर्नेछ ।