वोमी लघुवित्तको ६२ हजार कित्ता शेयर लिलामी हुने


वोमी लघुवित्तले हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । लघुवित्तले ६२ हजार १८३ कित्ता संस्थापक शेयर साधारण शेयरधनीले समेत किन्न सक्ने गरी कात्तिक २१ देखि २८ गतेसम्म लिलाममा राख्न लागेको हो ।
लघुवित्तको शेयर मा आवेदन गर्न चाहनेले कम्तीमा एक सय रुपैयाँदेखि बढेर एक हजार कित्ता देखि ४० हजार कित्तासम्म शेयर माग गर्न सक्ने छन् ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा वोमी लघुवित्तको केन्द्रीय कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सक्नेछन । यसका साथै सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।