मेगा बैंकको बुकक्लोज शुक्रबार, बिहीबारसम्म शेयर किन्नेलाई मात्र लाभांस


मेगा बैंकले साधारण सभा प्रयोजनका लागि कात्तिक १५ गते शुक्रबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । बैंकले प्रस्ताव गरेको लाभांस बिहीबारसम्म शेयर किन्नेहरुले मात्र पाउने छन् ।
बैंकले कात्तिक २९ नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाले चुक्ता पूँजीको ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । अर्थात एक कित्ता शेयर बराबर बैंकले लगानीकर्तालाई ११ रुपैंया ७५ पैसा नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।