प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत


नेपाल राष्ट्र बैंकले प्रभु बैंकको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । बैंकले प्रस्ताव गरेको १६.८४ प्रतिशत लाभांशलाई केन्द्रीय बैंकले स्वीकृति दिएको हो ।

बैंकले १६ प्रतिशत बोनस तथा ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । केन्द्रीय बैंकको स्वीकृतिपछि अब बैंकले साधारण सभाबाट लाभांस पारित गराई शेयरधनीलाई वितरण गर्नेछ ।