ओरियन्टल होटलले पारित गर्यो लाभांस, १५ प्रतिशत एफपीओ रद्ध


ओरियन्टल होटल (र्याडिसन) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई बितरण गर्ने भनी प्रस्ताव गरेको लाभांस साधारण सभाले पारित गरेको छ । अघिल्लो आर्थिक वर्षको साधारण सभाले अनुमोदन गरेको १५ प्रतिशत थप शेयर निष्काशनको प्रस्तावलाई रद्ध गरिएको छ।

होटलको साधारण सभाले होटल सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस तथा १०.७९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव पारित गरेको हो।

१ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटको ५ प्रतिशत बोनस पश्चात चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको छ।

परिस्थिती अनुकुल नभएको जनाउँदै साधारण सभाबाट १५ प्रतिशत एपपीओ निष्काशनको प्रकृयालाई रद्ध गरिएको हो । यस अघि होटलले संस्थापकको हिस्सा ५५ तथा सर्वसाधारणको हिस्सा ४५ प्रतिशत कायम गर्नका लागि एफपीओ निष्काशन गर्ने विषय साधारण सभाबाट अनुमोदन गराएको थियो।

लाजिम्पाटमा रहेको होटलले पुरानो भवन मर्मत सम्भार गरी नयाँ शैलीमा सञ्चालनमा ल्याएको छ । यसबाट चालु आर्थिक वर्षमा होटलको व्यवसाय अझै बिस्तार हुने अपेक्षा होटलले गरेको छ । साथै होटलले सेवा बिस्तार गर्ने क्रममा नयाँ भवन निर्माणका लागि नियमनकारी निकायहरुबाट स्वीकृति लिइसकेको र यसै आर्थिक वर्षदेखि नयाँ भवन निर्माण सुरु गर्ने जनाएको छ।