नेपाल र स्पेन तथा अष्ट्रेलिया बीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड, व्यापार घाटा धेरै


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फूटी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहाल बीच भेटवार्ता भएको छ ।

भेटमा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फूजी शेर्पाले आफूले दुई मुलुक बीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्रको सुझाव अनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्ययोजना बनाई सहजीकरण गर्ने बताए । उनले नेपाल निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गनर्, द्धिपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्धिपक्षीय भ्रमणको आदान प्रदान गर्न आफुले जोड दिने बताउँदै नेपाल अष्ट्रेलिया बीच पर्यटन प्रबद्र्धन गर्न सिधा हवाई सेवाको मूर्त रुपमा कार्य गर्न सरोकारवालाहरुसँग छलफल गर्ने बताए ।

साथै न्यूजिल्याण्डमा “एभरेष्ट डे” मनाई सगरमाथा चढ्नेहरुको शिखर सम्मेलन गरी पर्यटन प्रबद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको दाहालको भनाई थियो ।

सो कार्यक्रममा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, खल्का पेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्रयाउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए । चेम्बर अध्यक्ष श्रेष्ठले नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न आर्थिक कुटनीति सक्रिय हुनुपर्ने बताएका थिए ।

सो भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक÷व्यापारीक प्रतिनिधीमण्डलको आदान प्रदान, पर्यटन मेला, एफ डी आई आकर्षण, स्पेनका लगानीकर्तासँग नेपालका लगानीकर्ता बीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदान प्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न स्पेनका संभाब्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने, नेपालको चिया तथा कफि निर्यातको लागि स्पेनका आयातकर्तासँग सम्बन्ध बढाउने, पर्यटन, नेपाल र बार्सिलोना बीच सोझै हवाई सम्पर्क राख्न पहल गर्न राजदूत शेर्पाको भूमिका महत्वपूर्ण रहने बताएका थिए ।

चेम्बरमा प्राप्त पछिल्लो तथ्यांक अनुसार सन् २०१८ मा स्पेनसँग ५४ लाख ८६ हजार ८४९ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा स्पेनबाट गत वर्ष सन् २०१८ मा ८२ लाख ७० हजार अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट स्पेनमा सन् २०१८ मा २७ लाख ८३ हजार १५६ अमेरिकी डलरबराबर निर्यात भएको छ ।

नेपालले स्पेनतर्फ विशेष गरी तयारी पोशाक, गलैचा, हस्तकलाका सामग्रीहरु निर्यात गर्दैै आएको र स्पेनबाट मेशिनरी पार्टपूर्जाहरु, मेडिकल उपकरणहरु तथा पेय पदार्थ आयात गर्दै आएको छ ।

यसैबीच अष्ट्रेलियाका लागि महामहिम राजदूत महेश दाहालसँग अध्यक्ष श्रेष्ठले नेपालका विभिन्न प्राकृतिक स्रोत, जडिबुटी, मेडिसिनल प्लान्ट, मिनिर र कृषि उत्पादनहरु अष्ट्रेलियामा निकासीको पर्याप्त संभावना रहेकाले त्यसलाई हामीले पूर्ण सदुपयोग गर्न सहजिकरणको भूमिका निर्वाह गर्न आग्रह गरे । शिक्षाको क्षेत्रमा अष्ट्रेलियाको लागानी आउनुका साथै उत्पादन, जलस्रोत, पर्यटनमा समेत संभावना रहेको अध्यक्ष श्रेष्ठले दाहाललाई जानकारी दिए ।

सन् २०१८ मा अष्ट्रेलियासँग १ करोड १९ लाख ४३ हजार ३६३ अमेरिकी डलर बराबरको व्यापार घाटा रहेको छ । जसमा नेपालमा अष्ट्रेलियाबाट सन् २०१८ मा ७ करोड २१ लाख १४ हजार ४०६ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट अष्ट्रेलियामा सन् २०१८ मा ६० लाख २१ हजार ७५ अमेरिकी डलर बराबर निर्यात भएको छ ।

सहभागिहरुले स्पेनबाट सहकारीको व्यवस्थापन, प्रविधी, पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताए भने अष्ट्रेलियासँग सामुदायिक वन विकास, कृषि विकास, “नेपाल डे” मनाउनुपर्ने, नेपाली रत्न तथा गरहना निर्यात गर्दा ड्यिुटी ड्र व्याकको सुविधा उपलब्ध गर्नुपर्ने, दुतावासमा नेपाली निर्यात योग्य वस्तु र पर्यटन सम्बन्धी सूचनाको प्रद्र्धशन कक्ष स्थापना गरी अध्यावधिक गर्नुपर्ने, एक नेपाली एक पर्यटक, व्यापारिक, सांस्कृतिक आदान प्रदानको व्यवस्था गर्नुपर्ने सुझाब दिएका थिए ।