उच्च पदस्थको बैैंक खाता सञ्चालनमा केन्द्रीय बैंकको कडाई, विदेशी मुद्रा सटहीको जानकारी गराउनु पर्ने


नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिकाको १९ नम्बर प्रावधानलाई संशोधन गर्दै बैंक खातामा सम्पत्ती शुद्धिकरणको व्यवस्थामा थप कडाई गरेको छ । केन्द्रय बैंकले उच्च पदस्थहरुलाई बैंक खाता खोल्ने सम्बन्धमा थप कडाई गरेको हो ।

जस अनुसार अब बैंकले उच्च पदस्थको विबरण तथा सूचना संकलन गर्नु पर्नेमा सम्बन्धित व्यक्तिले स्वघोषणा गर्नु पर्ने भएको छ । त्यस्ता ब्यक्तिको सूचना अन्य निकायबाट भए पनि संकलन गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकरले सरकार वा तोकिएका संस्था तथा निकायबाट कम्तिमा बार्षिक रुपमा सूची माग गरी उच्च ब्यक्तिको सूची तयार तथा अद्यावधिक गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

१० रुपैयाँभन्दा बढि रकमको कारोबारको जानकारी दिने ब्यवस्थालाई यथावत राख्दै केन्द्रीय बैंकले विदेशी मुद्रा सटहीलाई पनि कडाइ गरेको छ । जस अनुसार एक दिनमा ५ लाखभन्दा वढि रकम बराबरको वदेशी मुद्रा सटही भएको खण्डमा सोको जानकारी राष्ट्र बैंकलाई गराउनु पर्ने हुन्छ ।