चुक्ता पूँजी, जगेडा दोब्बरले बढाएको एउटा लघुवित्तको प्रतिशेयर आम्दानी कति ?


गत आर्थिक वर्षको असोजमा ३ करोड ७९ लाख रुपैंया रहेको चुक्ता पूँजीलाई एक वर्षमा ६ करोड ६ लाख पुर्याएको एउटा लघुवित्तले जगेडा कोष २ करोड ३८ लाखको जगेडा कोषलाई ८ करोड ३ लाख रुपैंया पुर्याएको छ ।

समता माइक्रोफाइनान्सले पूँजी र जगेडा बढाउँदै गर्दा कमाई पनि बिस्तारै बढाउँदै लगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा माइक्रोफाइनान्सले २० लाख ८३ हजार रुपैंया खुद नाफा कमाएको समताले अहिले २८ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा २१ रुपैंया ९८ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले १८ रुपैंया ७० पैसामा झरेको छ । कमाई बढाउँदै गर्दा पूँजी अधिक बिस्तार भएकाले समताको प्रतिशेयर आम्दानीमा सन्तुलन नदेखिएको हो ।

प्रतिशेयर नेटवर्थ १८६ रुपैंया २१ पैसा रहेको समताको मूल्य आम्दानी अनुपात ६०.४३ गूणाले बढी छ ।