सहयोगी विकास बैंकले नगद लाभांस मात्र बितरण गर्ने


सहयोगी विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई नगद लाभांस मात्र बितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको कात्तिक १६ गते शनिबार बसेको बैठकले शेयरधनीलाई नगद लाभांस मात्र बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १९.३ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांस राष्ट्र बैंक, तथा साधारण सभाबाट पारित भए पछि शेयरधनीलाई बितरण गरिनेछ ।