लागुऔषध ब्राउनसुगर सहित तीन जना प्रहरी नियन्त्रणमा


इलाका प्रहरी कार्यालय सानो श्री बर्दियाबाट प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ ।

बर्दियाको इलाका प्रहरी कार्यालय सानो श्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।