भुकम्प प्रतिरोधात्मक तथा आपतकालीन वासस्थान व्यवस्थापन व्यवशायीक प्रतिनिधि जापान प्रस्थान


जापनको ओसाकामा नोभेम्बर ६ देखि १२ सम्म हुने १ हप्ते विपत व्यवस्थापन सम्बन्धी संरचना तथा ज्ञान हसिल गर्ने उद्देश्यले ओसाका युनिभर्सिटि जापनले आयोजना गरेको सम्मेलनमा चेम्बरको सहकार्यमा इभेन्टस् एण्ड भेन्यू एशोसियसन अफ नेपाल (ईभा) का पूर्व अध्यक्ष श्रीमान सिंहको नेतृत्वमा १२ सदस्यिय प्रतिनिधी मण्डल ओसाकामा प्रस्थान गर्दैछ ।

जापान भुकम्पीय जोखिम भएको मुलुक हो । तसर्थ नेपाल चेम्बर अफ कमर्स, ईभा र नेपाल इमरजेन्सी डिजाष्टर प्रिभेन्सर एजुकेशन एड जापान (नेपा) बीच २३ मार्च २०१८ मा आपतकालिन प्रकोप रोकथाम व्यवस्थापनको लागि मैत्रि सहयोग स्थापना गर्ने विषयमा त्रिपक्षिय सम्झौता भएको थियो ।

नेपालमा गएको भुकम्पका बेला ईभाले भुकम्प पछिको समयमा उल्लेखनिय कार्य गरेकोले आगामी दिनमा अग्रिम सुरक्षात्मक तथा भुकम्प पश्चात प्रतिरोधात्मक उपलब्ध गर्ने प्रविधिको ज्ञानको लागि जापानले एक हप्ते तालिम दिन लागेको हो ।

नेपाल चेम्बर अफ कमर्सका जापानस्थित व्यापारिक प्रतिनिधि दिनेश श्रेष्ठको पहलमा तय भएको तालिममा संघका अध्यक्ष अनिल शर्मा सहित सुरेश लाल श्रेष्ठ, शिवभक्त रंजित, तेविन्द्र रत्न शाक्य, भक्तराज श्रेष्ठ, उत्तम प्रकाश शर्मा, राजेश श्रेष्ठ, सर्वज्ञ मुनी तुलाधर, कृष्ण प्रसाद पाण्डे, द्धारिका प्याकुरेल र नानी बाबु थापा छन् ।

ओसाकामा हुने तालिमले अगामी दिनमा नेपालमा हुनसक्ने भुकम्प अघि सचेत र आइसकेपछि हुने समस्या न्युनिकरणका लागि नेपाल र जापानबिच समन्वय र सहकार्य गर्ने मौका मिल्ने भएकाले चेम्बर अफ कमर्सको सहकार्यबाट उद्यमी व्यवसायीहरुको सहभागिता भएको छ ।

चेम्बर भवन जमलमा आइतबार जापान जाने समूहलाई विदाई गर्दै चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले भुकम्प प्रतिरोधात्मक तालिमका लागि जापान पठाउन चेम्बरले भूमिका निर्वाह गर्न पाएकोमा आफू खुसि रहेको बताए ।

आगामी दिनमा अन्य व्यवसायी एंव उद्योगीहरुलाई विभिन्न शीपको लागि विभिन्न मुलुक सँग सहकार्य गर्ने कार्य भइरहेको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रतिनिधी मण्डलका प्रमुख सिंहले नेपालमा हुन सक्ने भुकम्पको सुरक्षात्मक कार्य र प्रतिरोधात्मक उपायहरुका लागि ईभा सधै अग्रणी भूमिकामा रहने उल्लेख गर्दै चेम्बर अफ कमर्सलाई धन्यवाद दिएका थिए ।