युनाइटेड इन्स्योरेन्सले देखायो मर्जरमा जाने संकेत, साधारण सभा आह्वान

0
Shares

युनाइटेड इन्स्योरेन्सले अन्य कुनै निर्जिवन बीमा कम्पनीसँग मर्जरमा जाने संकेत गरेको छ । कम्पनीले मर्जरका लागि मार्ग प्रशस्त गर्न मर्जर प्रस्ताव सहित कम्पनीको २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

युनाइटेडले कात्तिक २६ गतेका लागि आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभा डाकेको छ ।

साधारण सभामा कम्पनीले भविष्यमा अन्य निर्जिवन बीमा कम्पनीसँग आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारीमा पत्रमा हस्ताक्षर गर्न, चल-अचल सम्पत्ति र दायित्व मूल्याकंन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा मर्जर सम्बन्धी सम्पुर्ण प्रक्रियाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव लैजादैछ।

बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्दे्शिका अनुसार सञ्चालक समिति पुनर्गठन गर्ने तथा सञ्चालकहरुको भत्ता पुनरावलोकन गर्ने एजेण्डा तय भएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कार्तिक ८ गतेदेखि शेयर दाखिला खारेज (बुकक्लोज) गर्ने भएको छ। जसअनुसार कार्तिक ७ गतेसम्म कायम भएका शेयरधनी मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन पाउनेछन्।

युनाइटेड इन्स्योरेन्सले गत भदौ ३ गतेदेखि १० बराबर २४ कित्ताको अनुपातमा कूल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदपश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजोम न्यूनतम एक अर्ब (१ अर्ब २ करोड ८१ लाख ) कायम भएको छ।